images
images

महालेखापरीक्षकमा तोयम राय सिफारिस 

काठमाडौं– महालेखापरीक्षकमा तोयम राय सिफारिस भएका छन् ।

आइतबार बसेको संवैधानिक परिषद्को बैठकले रायलाई महालेखापरीक्षकमा सिफारिस गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद्को बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्की सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा राना मगरले  जानकारी दिइन् ।

राय राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव पदमा कार्यरत रहेका छन्।

गत जेठमा टंकमणि शर्मा सेवानिवृत्त भएको भएपछि उक्त पद रिक्त थियो ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS