images

गृहमन्त्रीमाथि छानबिन गर्नका लागि संसदीय  समिति बनाउन कांग्रेसले गर्‍यो पुनः सरकारको ध्यानाकर्षण

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय समिति बनाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै कांग्रेस सासदहरुले उठेर विरोध जनाएका थिए ।

कांग्रेस सांसदको विरोधपछि सभामुख देवराज घिमिरेले सञ्जय गौतमलाई बोल्न समय दिएका थिए । उनले गोर्खा मिडिया नेटवर्कको रकम हिनामिना गरेको भन्दै कांग्रेसले गृहमन्त्री लामिछानेलाई निलम्बित गरेर छानबिन गर्नु पर्नेमा जोड दिए ।

सांसद गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रहरी आइजिपी वसन्त बहादुर कुँवरले समेत त्यसबारे क्लिन चिट दिने गरी हचुवा अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाए ।