images

मेडिकल उपकरण खरिद प्रक्रियामा बसेरा होटलका मालिक पण्डितसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिद प्रकरणमा अनियमितता गरेको आरोपमा सिंहदरबार अगाडि रहेको बसेरा होटेलका मालिक सहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बसेराका मालिक एवम् व्यापारी विशाल पण्डितसहित संलग्न कर्मचारीहरूलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कोशी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई खरिदको जिम्मा दिइएको थियो ।  पण्डित कोभिड १९ को बेलामा ‍ पनि मेडिकल सामग्री खरिदका क्रममा विवादमा मुछिएका थिए ।

उनीहरू विरुद्ध करिब तीन करोड बिगो माग दाबी समेत गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।