images

गैर कानुनी सम्पत्ति आर्जनमा मुद्दामा पक्राउ परेका विकल र सुनिललाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप

काठमाडौं– गैर कानुनी सम्पत्ति आर्जनको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ ।

नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । माघ ११ गते विशेष अदालतले उनीहरूलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

त्यसपछि फागुन २ गते पुनः उनीहरूमाथि १० दिन म्याद थप भएको थियो । पछिल्लो पटक पौडेलद्वयलाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । विकल पौडेलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितता र सुनिलमाथि पेमेन्ट गेट–वे अनियमिततामा मुद्दा चलेको छ ।