images

माधव नेपालले ओली–प्रचण्डसँग खोजे प्रदेश र सङ्घसहित संवैधानिक नियुक्तिमा उचित भाग

काठमाडौं–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भागबन्डा खोजेका छन् । माधव नेपालले भाग खोजेपछि प्रदेश सरकार विस्तारमा ढिलाइ भएको छ ।

आइतबार संवैधानिक परिषद्को बैठक लगत्तै बसेको सत्ता गठबन्धन दलको बैठकमा नेपालले आफ्नो पार्टीले उचित भाग पाउनु पर्ने अडान राखे । बैठकमा उनले सात मध्ये कम्तीमा एक प्रदेशको मुख्यमन्त्री, सङ्घीय सरकारमा थप एक मन्त्री र सबै राजनीतिक नियुक्तिमा सम्मानजनक सहभागिताको लिखित ग्यारेन्टी मागेका हुन् ।

बैठकमा उनले आफूलाई थाहै नदिई प्रधानमन्त्री प्रचण्डले गरेको सत्ता फेरबदलबारे आत्मालोचना समेत गर्नु पर्ने भनाई राखेको बैठकमा सहभागी एक नेताले बताए ।