images

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्न पार्टीका नेता कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलादेवी सिंह फाउन्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले काँग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रूपमा स्थापित गर्नुपर्ने बताए । उनले समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृष्टिले नेपालको संविधान विश्वकै संविधान मध्येको एक उत्कृष्ट दस्ताबेजको रूपमा रहेको दाबी पनि गरे ।

सभापति देउवाले नेपाली कांग्रेसले पनि संविधानअनुसार महिला लगायतका सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको जिकिर गरे ।