images

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वास मत पाउन सकस

काठमाडौं–पुरानो सत्ता साझेदार नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले विश्वासको मत लिँदैछन् । उनी सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन् ।

सदनमा २ सिट मात्रै  रहेको हाम्रो नेपाली पार्टी ९हानेपा०का सांसद शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएर बहुमत जुटाइरहेका मुख्यमन्त्री जम्मकट्टेललाई यति बेला सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टी नै तगारो बनेको छ । आइतबार  सत्तारुढ दलको बैठकमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले बागमती प्रदेशमा आफ्नो दलले पाउनु पर्ने अडान राखेका थिए । अध्यक्ष नेपालको उक्त अभिव्यक्तिपछि  एकीकृत समाजवादी बागमतीले आइतबार ‘यथास्थितिमा’ समर्थन नगर्ने निर्णय गरेर दबाब बढाइरहेको छ ।

हानेपा र एमाले सरकारमा सहभागी भएसँगै अङ्कगणितमा मुख्यमन्त्री जम्कट्टेल बलियो देखिएका थिए । एक्कासी एस बिच्किएपछि जम्कट्टेलको नेतृत्व सरकार निरन्तरता सकसमा परेको हो । ५६ सांसदको बहुमत पुर्‍याउन जम्मकट्टेलको पक्षमा एमालेको २७, माओवादी केन्द्र २१, एसको ७, हाम्रो नेपाली पार्टीको २ मत छ ।