images

गृहमन्त्री लामिछानेलाई निलम्बित गर्दै संसदीय छानबिन समिति गठन गर्न कांग्रेसले बारम्बार उठायो सदनमा प्रश्न

काठमाडौं–नेपाली कांग्रेसले प्रतिनिधि सभामा निरन्तर रूपमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रतिमा गौतमलाई बोल्न समय दिएका थिए । सांसद गौतमले सांसददेखि सदनसम्म सहकारीको विषयमा चर्चामा आउँदा समेत सरकार मुख दर्शक भएको भन्दै आपत्ति जनाइन् । उनले सहकारी सङ्गठित रूपमा आपराधिक गतिविधिमा सूर्य दर्शन सहकारीमा रवि लामिछाने मुछिएको बताइन् । उनले राजनीतिक दलहरूले हिजो प्रश्न गर्नेहरू अहिले जवाफ दिने स्थानमा रहेको स्मरण गराउँदै सरकार गृहमन्त्री गुमाउनुपर्छ कि भने मानसिक रूपमा तनावमा परेको आरोप लगाइन् ।

उनले भनिन्,‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने मानसिक पीडमा सरकार देखियो, त्रसित देखियो । हामी बुझ्दछौं– सरकार टिकाउनुपर्ने छ । बाध्यताहरु होलान’ सांसद गौतमले भनिन् । जे जस्तो भएता पनि आरोप लागेपछि त्यसको पुष्टिका लागि जो कोही तयार हुनुपर्ने उनको भनाइ छ । सांसद गौतम थप्छिन्, ‘उहाँहरु आ एम द स्टेट भन्नेमा हुनुहुन्छ । सहकारी ठगहरुको पक्षमा सरकार देखियो । आरोपित गृहमन्त्रीज्यु उजुरीलाई चिकर्टोको संज्ञा दिनुहुन्छ ।’’ उनले सरकार नै गृहमन्त्रीको बचाउ गर्दै प्रधानमन्त्री नै बचाउन लागेको र न्यायाधीश जस्तो फैसला जस्तो जवाफ दिएको प्रति उनले आपत्ति जनाइन् । उनले सहकारी पीडितहरूको मुद्रामा राज्य संवेदनशील नभएकाले संसदीय छानबिन समिति बनाउन माग गरिन ।

उनले गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गर्नु पर्ने माग गरिन्। आरोपित गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि सघाउनु पर्नेमा जोड दिइन् । उनले संसदीय छानबिन समिति बनाऊ भन्दा किन पसिना आयो भन्दै प्रश्न गरिन् ।