images

कोभिडका बेला बन्द भएका सीमा नाका खोल्न चीन तयार छ: परराष्ट्र मन्त्री श्रेष्ठ 

काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले कोभिड–१९ को महामारीका वेला बन्द गरिएका नाका खोल्न चीन तयार भएको बताएका छन्।

चीनको औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फर्केका मन्त्री श्रेष्ठले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् । मन्त्री श्रेष्ठले भने, “कोभिड महामारीका कारण बन्द भएका नेपाल९चीनबिच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको छ । ,”

यसले चीनको सीमा नजिक बसोबास गर्ने नेपालीलाई दैनिक जीवन यापनमा सहज हुने उनको भनाइ थियो। यससँगै दुई देशको सम्बन्धका विविध विषयमा छलफल गर्न उच्चस्तरीय आयोग गठन गर्न पनि सकारात्मक छलफल भएको उनले बताए। श्रेष्ठले भने, “नेपाल(चीनबिच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामबारे उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्र मन्त्री स्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्षबिच सकारात्मक छलफल भएको छ।”

नियाँ कम्युनिस्ट पार्टीका राजनीतिक ब्युरोका केन्द्रीय कमिटी सदस्य तथा चीनका परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ चीन भ्रमणमा रहेका थिए। भ्रमणका अवसरमा श्रेष्ठले समकक्षी यीलाई यसै वर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएको बताए।