images
images
images

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई दुई साता हिरासतमा राख्न अनुमति

काठमाडौं–दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप दुई साता हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

मदिरा घोटाला प्रकरणमा पक्राउ परेका केजरीवाललाई १५ सम्म न्यायिक हिरासतमा पठाउने दिल्लीको राउज एभेन्यू कोर्टले निर्णय गरेको हो। चैत ८ मा वित्तीय अपराधको आरोपमा गिरफ्तारमा परेका केजरीवाल आगामी वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा रहने छन् । न्यायालयले सुरुमा सात दिन हिरासतमा राख्ने अनुमति दिएको थियो। पछि उनको हिरासत अवधि चार दिनका लागि थपिएको थियो। पछिल्लो पटक थपिएको अवधि सोमबार सकिँदै थियो।

उनी मुख्यमन्त्रीको पदमा रहेकै वेला पक्राउ पर्ने पहिलो भारतीय मुख्यमन्त्री हुन् । उनको गिरफ्तारीको विरोधमा गत चैत १८ मा विपक्षी गठबन्धन इन्डियाले दिल्लीमा विरोध प्रदर्शन गरेको थियो।

आमनिर्वाचनको मुखैमा भएको उनको गिरफ्तारीलाई विपक्षी दलहरूले भने भाजपाले लोकतन्त्रमाथि आक्रमण गरेको भनी टिप्पणी गरिरहेका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS