images

नागरिक उन्मुक्ति पार्टीका नेताहरूबिच बैठकमै कुटाकुट 

काठमाडौं–नागरिक उन्मुक्ति पार्टीको बैठकमा नेताहरूबिच कुटाकुट भएको छ।

सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय समिति बैठकमा नेताहरू कुटपिटमा उत्रिएका हुन् । पार्टी अध्यक्ष रञ्जिता र पार्टीका संरक्षक पक्षबिच विवाद हुँदा बैठकमै हात हालाहालको अवस्था बनेको थियो ।

टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले बैठकमा सहभागी भएका पाँच जना  संस्थापक सदस्यमाथि हातपात गरेको बताए ।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक रहेको र  रेशम पक्षका नेताहरूले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि कुटपिट भएको जनाइएको छ।

यस्तै नागरिक उन्मुक्तिमा केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताका विषयमा विवाद छ।