images

 आयरल्यान्ड ‘ए’  माथि नेपाल ‘ए’ तीन रनको रोमाञ्चक जित 

काठमाडौं– नेपाल ‘ए’ ले अन्तिम अन्तिम टी–२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई तीन रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुर स्थित त्रिवि खेलकुद मैदानमा जारी शृंखलामा नेपालले तीन रनले जित हासिल गरेको हो ।

२१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । तीन खेलको टी–२० शृङ्खला भने आयरल्यान्डले २.१ ले जित्यो । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो ।

 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो ।