images

रविमाथिको अनुसन्धान सरकारबाटै प्रभावित: कांग्रेस

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सरकारबाटै अनुसन्धान प्रभावित पार्ने काम भएको बताएको छ । प्रतिपक्षीको बेन्चमा पुगेसँगै सदनमा निरन्तर रूपमा सहकारी प्रकरणमा मुछिएको व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले सदन मार्फत सरकारको ध्यानाकर्षण गराइरहेको छ ।

सोही अनुसार मङ्गलवारको बैठकमा पनि कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए । कांग्रेस सांसद उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सांसद रामकृष्ण यादवलाई बोल्ने समय दिएका थिए । सदनमा बोल्दै उनले भने, ‘आरोप टुङ्ग्याउन सहयोग गर्नुहोस् । सत्य तथ्य बाहिर नल्याएमा यसले तपाईँलाई कहिल्यै छोड्ने छैन ।’

‘अनुसन्धान अलपत्र पर्‍यो । सरकारबाटै अनुसन्धान प्रभावित भएकाले विश्वासको सङ्कट उत्पन्न भएको छ । यो आरोपको निष्पक्ष छानबिन गरी सत्य, तथ्य बाहिर नल्याएमा यो आरोपले तपाईँलाई केही छोड्न छैन । जिन्दगीभर लखेट्ने छ । समिति बनाएर अनुसन्धान हुने कुरा तपाईँकै हितमा हुन्छ ,’ उनले भने ।

त्यसै गरि श्रम मन्त्री डिपी अर्याल समेत सहकारी ठगी प्रकरणमा मुछिएकाले उनीमाथि समेत छानबिन गर्नु पर्नेमा कांग्रेसले जोड दिएको छ ।