images

पर्वतमा एक दम्पती घरभित्रै मृत फेला, हत्या भएकाे आशंका

काठमाडौं– पर्वतको जलजला गाउँपालिकामा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । गाउँपालिकाको वडा नम्बर २ मा घर भित्रै श्रीमान्–श्रीमती मृत फेला परेका हुन् ।

वडा नम्बर २ का वडाध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले मङ्गलवार बिहान  सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मृत फेला परेको जानकारी दिए ।

‘उनीहरू रगताम्मे अवस्थामा भेटिएको र कसैले हत्या गरेको हुन सक्ने आशंका देखिएको छ, वडाध्यक्ष घर्तीले भने ।’ उक्त घटनापछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।