images

प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन : गृहमन्त्री 

 काठमाडौं-उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले प्रश्न उठाइँदैमा आत्तिइहाल्नु नपर्ने बताएका छन् । मङ्गलवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

सञ्चारमाध्यममा पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुछिएको बारेमा सञ्चारकर्मीको प्रश्नका जवाफ दिँदै उनले प्रश्न उठाइँदैमा आत्तिन आवश्यक नरहेको बताए । समाचारका सबै विषय सत्य नहुने उनले जिकिर गरे । सत्यको खोजी गरेर समाचार प्रकाशन र प्रसारण गर्न उनले आग्रह गरे ।

उनले पत्रिकामा समाचार छापिने बित्तिकै कोही दोषी प्रमाणित नहुने बताए । प्रमाणित विषय र प्रचारबाजीमा फरक रहेको उनले उल्लेख गरे ।

“समाचार आएपछि पुग्यो, तपाईँहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन भन्ने कुरा । हेडलाइनमा एउटा क्वेसन राखेर ठगीमा रु भनेर क्वेसन राखिदिएको हो कि हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि रु भन्नु नपर्ने रु छापिदिएपछि पुग्यो,” उनले भने ।

उनले थपे, “साथीहरू त पत्रकार नै हुनुहुन्छ जस्तो लाग्छ, सबै जना । एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भने त सकिहाल्यो । होइन, तपाईँहरूको अन्य साथीहरूले के रहेछ भनेर हेर्दा, खोज्दा, सुन्दा, प्रश्न उठाउने, आशङ्काहरू अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ । त्यहाँ एउटा क्वेसन मार्क राखेको छ, क्वेसन त गर्न पाइन्छ । प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक छ । प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन । सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ ।” न्युज एजेन्सी नेपाल