images

प्रधानमन्त्री प्रचण्डले गरे नाउपाका रेशम र रञ्जितासँग छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

श्रीमान,श्रीमतीका कारण फुटको संघारमा रहेको नाउपाका अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीसँग प्रधानमन्त्री दाहालले मंगलबार विहान छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरण र प्रदेश सरकारका विषयमा केन्द्रित छलफल गरेका थिए ।

संरक्षक चौधरीले प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बोलाएपछि आफू गएको बताउँदै, प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन र नयाँ समीकरणअनुसारको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । तर आफूले आगामी २३ र २४ गते आफूले पार्टीको बैठक बोलाएको र बैठकले जे निर्णय गर्छ त्यसैअनुसार हुने बताएको जानकारी दिए ।