images

हत्या अभियोगमा फरार रहेका माओवादी नेता कालीबहादुर खाम पक्राउ

काठमाडौं– माओवादी केन्द्रका नेता कालीबहादुर खाम विविध पक्राउ परेका छन् । उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए ।

खामलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मङ्गलवार दिउँसो ठमेलबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । खाम माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख हुन् । यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमान्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भएका थिए ।