images

ताइवानमा ७.४ म्यान्गिच्युडको शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी 

काठमाडौं– ताइवानमा शक्तिशाली भूकम्प गएको छ । बुधवार  ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा रहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।  भूकम्पका कारण घरहरु ढल्किएका छन् । भूकम्पपछि त्यहाँको सेना उद्धारमा खटिरहेकाे  छ ।
ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीले टापुको उत्तरी तटीय क्षेत्रमा प्रभाव पार्ने अपेक्षा सम्भावना भएकाले स्थानीयहरूलाई उच्च जमिनमा स्थानान्तरण गर्न भनेको छ ।
जापान मौसम विज्ञान एजेन्सीले मियाकोजिमा र ओकिनावा टापुहरूमा सुनामीको चेतावनी पनि जारी गरेको छ । ३ मिटर अग्लो छालहरू आउने चेतावनी दिएको छ । ३० सेन्टिमिटर छालले ओकिनावालाई असर गरेको एजेन्सीले जनाएको छ।