images

संसदीय छानबिनको मुद्दालाई कमजोर ठानिए,हामी कठोर हुन्छौंः कांग्रेस

काठमाडौं–नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले क्यालेन्डर भन्दा फरक तरिकाले सदन चल्न लागेको भन्दै आपत्ति जनाए । कार्य व्यवस्थामा भएको सहमति बेगर चलेको अवस्थामा खबरदारी गर्ने बताए ।

सरकारले बलजप्ती गर्दै आएको अवस्थामा संसद् चल्दैन उनले भने । उनले प्रधानमन्त्रीले गृहमन्त्रीलाई निर्दोष भनेर बचाउ गरेको प्रति आपत्ति जनाए । कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको भन्ने भ्रमको समाचार फैलाएको भन्दै नाइँ मलाई प्रधानमन्त्री होइन,गृहमन्त्री चाहिन्छ किन भनेको भन्दै प्रश्न गरे ।

उनले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिमा बहसका लागि आउन समेत चुनौती दिए । उनले रवि लामिछाने र जिबी राई सहितको सङ्लनमा गोर्खा मिडिया नेटवर्कले पाँच वटा सहकारीबाट ८० करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाए ।

८० करोडको हिसाब देश दुनियाँले खोज्ने बताए । उनले भने, जिबी राई गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ । गृहमन्त्रीले नै आकाश र पातलमा लुक भन्नु भएको छ ।

प्रश्न त भगवान्लाई गर्न पाइन्न भन्नपर्दथ्यो । भगवान्लाई समेत प्रश्न गर्न पाइन्छ । उनले रवि लामिछानेले संसदीय छानबिन समितिमा बहस गर्न आउँछ भन्न सक्नु पर्ने बताए ।

उनले संसद् अवरुद्ध भयो भनेर प्रतिपक्षी दलहरूलाई आरोप नलाग्न समेत अनुरोध गरे। प्रतिपक्षको शालीनतालाई कमजोरी नहोस् । साथ आउँदो बैठकमा संसदीय छानबिन समिति लिएर आओस् उनले भने ।