images

बहस चल्दाचल्दै पूर्व न्यायाधीश गिरीकी श्रीमतीले गरिन् विष सेवन

काठमाडौं– पूर्व न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन् ।

बुधवार दिउँसो २ बजेतिर बहस चल्दाचल्दै उनले विष सेवन गरेकी हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको बताइएको छ ।

हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र अहिले उनी स्थिर र बोल्न नसक्ने अवस्थामा रहेकी बताइएको छ । आरतीले श्रीमान् गिरीले वैवाहिक बलात्कार गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् । न्यायाधीश गिरीलाई बलात्कार मुद्दा लागेसँगै उनी निलम्बनमा परेका हुन् । आरतीले यसअघि पनि सर्वोच्च अदालतमा प्रदर्शन गर्ने, विष सेवन गर्ने काम गर्दै आएकी थिइन् ।