images

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गतेका लागि तय

काठमाडौं–राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गतेका लागि तय भएको छ ।

राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गरेका हुन् ।

उपाध्यक्ष उर्मिला अर्यालले यहि १५ चैतमा राष्ट्रिय सभा उपाध्यक्ष पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। अध्यक्ष र उपाध्यक्ष एउटै दलको हुन नपाइने संवैधानिक प्रावधान अनुरुप अर्यालले राजीनामा दिएकी थिइन् ।

राष्ट्रिय सभाको अध्यक्षको आकाङ्क्षी रहेकी अर्याललाई बेवास्ता गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नै भाइ नारायण दाहाललाई अध्यक्ष बनाएका थिए ।

सत्ता गठबन्धन परिवर्तन भएपछि राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिएको थियो।

यसअघि सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बिच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख थियो ।