images

प्रहरीको छुरा प्रहारबाट मोरङमा एक भारतीय नागरिक घाइते

काठमाडौं– नेपाल प्रहरीको एक सहायक हवल्दारले छुरा प्रहारबाट मोरङमा एक भारतीय नागरिक घाइते भएका छन् ।

मङ्गलवार राति करिब ९ बजे सहायक हवल्दार दुश्यन्त राजवंशीले छुरा प्रहार गर्दा भारतको विहार अररिया जोग बनीका ३१ वर्षीय मोहम्मद सलमान घाइते भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने राजवंशी विराटनगरको आयल निगममा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

छुरा प्रहारबाट सलमानको घाँटी र हातमा चोट लागेको छ । घटना लगत्तै उनलाई विराट शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । प्रहरी अनुसन्धानका अनुसार राजवंशीको श्रीमतीसँग सलमानले अनैतिक सम्बन्ध राख्ने गरेको आशङ्कामा घटना भएको हो ।

सलमानले बेलुकाको समय श्रीमतीलाई माइतीघर बुढीगंगातर्फ मोटरसाइकलमा लैजाँदै गर्दा देखेपछि घटना भएको प्रहरीको भनाइ छ ।