images

नेपालले गुजरातलाई  दियो १८२ रनको लक्ष्य 

काठमाडौं– एसएमएस फ्रेन्डसिप कपअन्तर्गत नेपालले गुजरातलाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रनको योगफल तय गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट ब्याटिङ गरे ।
यसअघि नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो । नेपाल आजको खेलमा विजयी भएमा एक खेल अगावै फाइनलमा पुग्नेछ । नेपालले शुक्रवार अन्तिम खेल बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।