images

इलाम-२ मा माओवादीले उम्मेदवारी नदिने,एमालेलाई सघाउने 

काठमाडौं–आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम २ मा सत्तारूढ दल नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिने भएको छ । नेकपा माओवादीले इलाम २ मा आफू अनुकुल नभएको भन्दै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको हो ।

एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले जानकारी गराए । उनले माओवादीबाट इलाम–२ का उम्मेदवारी दिने तयारी गरेका धीरेन्द्र शर्माले उम्मेदवारी नदिने  निर्णय भएको  प्रदेश इन्चार्ज गजुरले बताए ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले भने, ‘प्रदेश इन्चार्जले उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिनुभएको छ । त्यही अनुसार एमालेका उम्मेदवारलाई जिताउन लाग्छौँ । ’