images

मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा एक कर्मचारी पक्राउ 

काठमाडौं– महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन् ।

महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेल पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । पौडेलले मेयर शाहले पैसा खाएर कर्मचारी नियुक्त गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका थिए ।

बालेनले पौडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा साइबर क्राइम सम्बन्धी  मुद्दा दायर गरेका थिए ।