images

कांग्रेसले डम्बर खड्कालाई दियो इलाम २ मा टिकट

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उमेदवार बनाउने निर्णय गरेको छ ।
संसदीय बोर्ड बैठकले खड्कालाई उमेदवार बनाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले खड्कालाई टिकट दिने निर्णय गर्दै कार्य सम्पादन समितिलाई सिफारिस गरेको छ । यस अघि संस्थापन इतर पक्षका नेता शेखर कोइराला,महामन्त्रीद्वय विश्व प्रकाश शर्मा,गगन थापा र डा सशांक कोइरालाले खड्को उम्मेद्वार बनाउन नहुने मत राखेका थिए ।