images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

काठमाडौं–लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा दिएका हुन् ।

केन्द्रमा फेरिएको सत्ता गठबन्धनसँगै नेकपा माओवादी केन्द्रले गत २३ फागुनमा समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतमा परेका थिए । यस बिचमा बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए ।

बहुमत जुटाउन असफल भएपछि प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।