images

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौं–बैतडीको झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रवार बिहान बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से २त ३६७८ नम्बरको ट्याक्टर जय पृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि परिचय नखुलेका ट्र्याक्टर चालक र त्यसमा सवार राजेश चौधरी रहेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो । दुर्घटनाको कारण भने यकिन भई नसकेको प्रहरीले जनाएको छ ।