images

नेपाल आइडल विजेता रवि ओडविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दर्ता

काठमाडौं– नेपाल आइडल विजेता रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी परेको छ । ओड नेपाल आइडल सिजन–२ का विजेता हुन् । गायक ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी हुन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते जाहेरी दिएकी हुन् ।

 

वडपत्नीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ओडविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।

उनको घर कृष्णपुर नगरपालिका, गुलरिया हो ।