images

आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य 

काठमाडौं- आयरल्यान्ड ए ले दोस्रो एक दिवसीय खेलमा नेपाल ए लाई १७५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा १७४ रन बनाएको हो। आयरल्यान्डका लागि गभिन होइले अर्ध शतक बनाए। उनले ५९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै,नेल रकले ४५, लिम म्याकर्थीले ३५ र पेटर मूरले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि सबै बलरले प्रभावशाली बलिङ गरे। रिजन ढकाल र शहाब आलमले तीन(तीन तथा मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए।
एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। आयरल्यान्डले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३६ रनमै समेटिएको थियो।