images
images
images

नेपाल आयरल्यान्डसँग ११४ रनले पराजित 

काठमाडौं– एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालको ‘ए’ टोली आयरल्यान्ड वुल्भ्ससँग ११४ रनले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १६.५ ओभरमा ६० रनमै समेटिएको हो। नेपालका लागि भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन बनाए।
अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। त्यस्तै, पाँच खेलाडी त शून्यमा आउट भए।
एक दिवसीय शृङ्खलाको पहिलो खेलमा पनि नेपाल २१ रनले पराजित भएको थियो। आयरल्यान्डले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३६ रनमै समेटिएको थियो। यो शृङ्खलाको अन्तिम खेल आइतबार हुनेछ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS