images

दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सूले दिए पदबाट राजीनामा

काठमाडौं– दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनले जित हासिल गरेको छ ।

बुधवार ३ सय सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टीसहितको गठबन्धनले १७५ सिट जितेको छ । यसै गरी राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी पीपीपीले १०९ सिट जितेको छ । निर्वाचनमा ६७ प्रतिशत भोट खसेको थियो । यो ३२ वर्ष यताको सबैभन्दा धेरै हो । विपक्षी पार्टीले सबैभन्दा धेरै सिट जिते पनि एकल बहुमत हासिल गर्न भने सकेको छैन ।

यसैबिच चुनावमा पराजय भएपछि दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सूले राजीनामा दिएका छन् । राष्ट्रिय सुरक्षा कार्यालयका सचिव बाहेक राष्ट्रपति कार्यालयका प्रमुख, नीति तथा कार्यक्रमका मुख्य सचिवलगायत सबै वरिष्ठ सचिवले राजीनामा दिएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले संसदीय निर्वाचनमा देखाइएअनुसार जनताको इच्छालाई नम्रताका साथ स्वीकार गर्ने र राज्यको मामिला सुधार गर्न र अर्थतन्त्र र जनताको जीविकोपार्जनलाई स्थिर बनाउन सक्दो प्रयास गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।