images
images

धनुषामा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला

जनकपुरधाम– धनुषाको शहिदनगर नगरपालिका ४ ननुपट्टीस्थित खेतमा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

स्थानीयका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरेर उनको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

हत्या भएकी महिला जिल्लाको हंसपुर नगरपालिका–७ नौवाखोरकी अन्दाजी ५५ वर्षीया शुभ मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ।

एक स्थानीय अनुसार उनी बुबाको मृत्यु भएपछि उनी काज क्रिया गर्न माइत आएकी थिइन्। उनले लगाएको गरगहना समेत लुटपाट गरिएको छ ।

महिलाको शव देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय युद्काहालाई खबर गरेको थियो ।प्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS