images
images
images

सुदूरपश्चिम प्रदेशको नेतृत्व नाउपाले पाउने सहमति, आजै दाबी पेस गरिने

काठमाडौं–सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने सहमति भएको छ । नाउपाले मुख्यमन्त्रीसहित सरकारको नेतृत्व गर्ने भएको हो ।

आइतबार बालुवाटारमा भएको शीर्ष नेताबिचको छलफलमा मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् ।

बैठकमा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए।

सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम दिन हो। नाउपामा कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन्। आजै उनी धनगढी आउने र साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ।

नाउपामा सरकारमा जाने नजाने भन्ने विषयमा भने पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेसम चौधरीबिच टसल कायमै छ । रञ्जिताले रेसम पक्षका दुई जना सांसदलाई कारबाही समेत गरिसकेकी छिन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS