images

जनमत पार्टीले गर्‍यो मधेस प्रदेश सभा अवरुद्ध

काठमाडौं– प्रदेश सभा सुरु भएको ५ मिनेटमा नै जनमत पार्टीले अवरोध गरेपछि बैठक अवरुद्ध भएको छ ।

बैठक सुरु भए लगत्तै उनीहरूले जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि भएको घटना छानबिनमा सरकार मौन रहेको भन्दै विरोध जनाएका हुन् । गत माघ ८ गते कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि आक्रमण भएको थियो ।

फागुन ६ गते मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिँदा उक्त घटना बारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको थियो । मङ्गलवार चौथो पटक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन सभा बोलाइएको थियो ।