images

विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैनः मन्त्री श्रेष्ठ

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको विकासका लागि विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्नेमा जोड दिएकी छिन् ।

मङ्गलवार सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा उनले यस्तो बताएकी हुन् । प्राज्ञिक समूहले र प्राध्यापक तथा कर्मचारीहरूले पनि सरकारी सेवामा रहुन्जेलसम्म राजनीतिक दलको सदस्य बन्दैनौँ भन्ने सङ्कल्प गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले प्राज्ञहरूको विज्ञता, अनुभवलाई आफूले सम्मान गर्दै सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइन् ।

मन्त्री श्रेष्ठले शिक्षा क्षेत्र समाजमा चेतना दिने क्षेत्र भएकाले राजनीतिक दाउपेचबाट मुक्त हुनुपर्ने बताइन् ।