images

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने प्रारम्भिक सहमति

काठमाडौं– सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने प्रारम्भिक सहमति भएको छ ।

मुख्यमन्त्रीमा दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टीको रञ्जिता समूह लचक बनेपछि एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी बनेको हो । मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच यसबारे छलफल भएको थियो । सुदूरपश्चिम प्रदेशमा २ गते नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका दुवै सांसदले मुख्यमन्त्रीमा दाबी गरेपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले केही समय परामर्शको लागि समय मागेका थिए । नाउपा संरक्षक रेशम चौधरी कांग्रेससँग मिलेर सरकार बनाउन चाहन्छन् भने अध्यक्ष रञ्जिता श्रेष्ठ केन्द्रकै गठबन्धनलाई यता पनि निरन्तरता दिने पक्षमा छिन् ।

यसैबिच नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले सुदूरपश्चिम प्रदेशमा यस अघि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएका छन् । सोडारीले समर्थन फिर्ता लिएसँगै अब लक्ष्मण चौधरीले बहुमत पु¥याउनन सक्ने छैनन् ।