images

मधेस प्रदेशबाट बाहिरियो लोसपा 

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।
मङ्गलवार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको हो । दलको निर्णयसँगै वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् ।
त्यसमध्ये कुर्मी मात्रै सरकारमा गएका थिए । लोसपाले अर्को मन्त्रालयको माग गर्दै आएको थियो । वन मन्त्री कुर्मीको राजीनामा मुख्यमन्त्री यादवले स्वीकृत गरेका छन् ।