images

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ 

काठमाडौं–अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।
लागु औषध खैरो हिरोइन कारोबार मुद्दामा फरार रहेका लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले दावालाई पक्राउ गरेको पुष्टि गरे ।
 उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी करार भएका थिए । उनलाई अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।