images

रामेछापमा एक सुत्केरी महिलाको मृत्यु

रामेछाप– रामेछापको दुरा गाउँमा एक सुत्केरीको मृत्यु भएको छ ।

रामेछापको लिखुतामाकोशी गाउँपालिकामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । लिखु तामाकोशी गाउँपालिका वडा नं १ दुरा गाउँका डम्बर बहादुर बराइलीको श्रीमती वर्ष २८ की सबिता सुनुवारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उनको उच्च रक्तस्रावका कारण ज्यान गएको हो ।

बिहान ७ बजे सुत्केरी भएकी उनको रगत धेरै बगेका कारण ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।