images

दीपेन्द्र सिंह ऐरी टी-२० वरीयतातर्फ एक नम्बरमा

काठमाडौं– आइसिसीले सार्वजनिक गरेको वरीयतामा ऐरी विश्वको ११औँ स्थानमा छन् । उत्कृष्ट १० मा टेस्ट राष्ट्रका अलराउन्डरहरू परेका छन् । ऐरी आइसिसीको टी २० तर्फ टेस्ट राष्ट्रपछि एसोसिएटका नम्बर वान अलराउन्डर बनेका हुन् ।

उनी अलराउन्डरतर्फ १४ स्थान माथि उक्लिएका छन् । ऐरीपछि एसोसिएटमा नामिबियाका ग्रहार्ड इरास्मस १३औँ स्थानमा रहेका छन् । १२ औँ स्थानमा टेस्ट राष्ट्र अस्ट्रेलियाका मिचेल मार्स छन् । अलराउन्डरतर्फ पहिलो नम्बरमा बङ्गलादेशका सकिब अल हसन रहेका छन् ।

टी २० बलिङतर्फ भने नेपालका कुनै पनि बलर एक सय भित्र अटाएका छैनन् । ब्याटिङमा कप्तान रोहित पौडेल दुई स्थान तल झर्दै ५४औँ स्थानमा पुगेका छन् । ब्याटिङतर्फ ऐरी १६ स्थान सुधार गर्दै ६२औँ स्थानमा उक्लिएका छन् । त्यस्तै अर्का ब्याटर आसिफ शेख ३६ स्थान फड्को मार्दै उत्कृष्ट सयभित्र अटाएका छन् । कुशल मल्ल ९ स्थान सुधार गर्दै सयौँ स्थानमा परेका छन् ।