images

६० किलो सुन प्रकरणः जीवन चलाउने विरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं– ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउने विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । चलाउने विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन९ इन्टरपोल० बाट डिफ्युजन जारी गरिएको छ ।

सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले अछामको तुर्माखात गाउँपालिका घर भएका चलाउने विरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको पुष्टि गरे ।

चलाउने तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङसँग निकट मानिन्छन् । दावासँग ‘कनेक्सन’ देखिएपछि जीवन चलाउनेलाई प्रहरीले महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा अनुसन्धानको लागि बोलाएको थियो । तर, ब्युरोका अधिकारीहरूले ‘बयान कागज’ गराएर उनलाई रिहा गरिदिएको थियो।

 आईजीपी बन्नलाई आफूसँग एआईजी श्याम ज्ञवालीले २ करोड मागेको र दिन नसकेपछि आफूमाथि साजिस रचिएको आरोप चलाउनेको छ । उनले गृहमन्त्री रवि लामिछाने र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि ज्ञवालीले नै यो साजिसमा खेलाएको आरोप लगाएका छन् ।