images

कांग्रेस सभापति देउवा र माधव नेपालबीच भेटवार्ता

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । पछिल्लो समय सत्तारुढ गठबन्धन दलभित्र विश्वासको सङ्कट भइरहेको अवस्थामा देउवा र नेपालबीचको भेटवार्तालाई अर्थ पूर्ण रूपमा लिएको छ ।

बुधवार साँझ कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गल्फुटारमा देउवा र नेपालबीच भेटवार्ता भएको जनाइएको छ । देउवा–नेपालबीच सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा देखिएको समस्याबारे कुराकानी भएको एक नेताले जनाएका छन् । त्यस्तै कोसी प्रदेशमा देखिएको समस्याबारे पनि छलफल वैकल्पिक समीकरणका विषयमा पनि कुराकानी भएको स्रोतले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्दै छन्। तर नेकपा ९एमाले० ले उनलाई समर्थन गरिसकेको छैन। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको लागि दाबी पेस गर्ने समयावधि आज सकिदैं छ । नेकपा एमालेले सोडारीलाई स्वीकार गर्न नसकिने र केन्द्रको निर्णय पर्खिरहेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले जनाएको छ ।