images

जलिरहेको अवस्थामा एक युवतीसहित बालिकाको शव बरामद

जनकपुरधाम–मधेस प्रदेशका राजधानी जनकपुरमा जलिरहेको अवस्थामा एक युवती र र ९ महिनाकी बालिकाको शव बरामद भएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधवार राति २३ वर्षीय युवतीको शव जलिरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो । सोही स्थानमा ९ महिनाकी बालिकाको समेत जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

शव महोत्तरीको मनरासिसा नगरपालिका न। २ कि २३ वर्षीया प्रियङ्का महतोको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले स्पेस समाचारलाई जानकारी दिए।

प्रहरी नायव उपरीक्षक अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको अवस्थामा प्रहरीको टोली घटनास्थल पुगेर बरामद गरेको हो ।

हत्या गरेर शव जलाएको हुन सक्ने आशङ्का प्रहरीको छ । यद्यपि पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपश्चात् मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।