images

प्रदेश प्रमुखहरूले संविधानको बर्खिलाप काम गरेको कांग्रेसको निष्कर्ष

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनमा प्रदेश प्रमुखहरूले संविधानको बर्खिलाप काम गरिरहेको निष्कर्ष निकालेको छ । गठबन्धनमा असन्तुष्टि माधव नेपाल भेटेपछि बिहीबार सत्ता देउवाले पार्टीका शीर्ष नेताहरूलाई निवास बुढानीलकण्ठमा बोलाएर छलफल गरेका थिए ।

उक्त छलफलका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र वैकल्पिक गठबन्धनका बारेमा समेत छलफल भएको कांग्रेसले जनाएको छ । शीर्ष नेताको बैठकले पछिल्लो समय प्रदेश प्रमुखहरू संविधान विपरीत दलीय रूपमा सरकार गठन प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाएको छ ।

बैठकपछि कांग्रेस प्रवक्ता डा।प्रकाश शरण महतले पत्रकाहरुसँग कुरा गर्दै भने,प्रदेश सरकार गठनको विषयमा संविधानको बर्खिलाप काम भइरहेका छन्, सुदूरपश्चिम र गण्डकीमा पनि त्यस्तै काम भइरहेका छन्। त्यसैले संविधान विपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने भएकाले त्यही अनुसार प्रस्तुत हुन सम्बन्धित प्रदेशका साथीहरूलाई भनेका छौँ।