images

तोयम राय महालेखा परीक्षकमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार तोयम रायालाई महालेखा परीक्षक नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा रायालाई महालेखा परीक्षक नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा २४० को उपधारा २ बमोजिम महालेखा परीक्षक पदमा नियुक्त गरिएको हो।

यस उपधारामा संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने व्यवस्था छ। गत चैत १८ मा बसेको संवैधानिक परिषद्को बैठकले महालेखा परीक्षक नियुक्तिका लागि सिफारिस गरेको थियो।

त्यसपछि संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। यसअघि राया राष्ट्रिय तथ्यांक कार्यालयका सचिव थिए। महालेखा परीक्षकमा सिफारिश भएपछि उनले सचिवबाट राजीनामा दिएका थिए।