images

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा  एमालेको समर्थन सोडारीलाई

काठमाडौं–सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।  नेकपा एमालेसहितको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् ।

सोडारीले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र सांसदकाे समर्थनमा सोडारीले मुख्यमन्रीमा दाबी पेस गरेका हुन् । यसअघि नेकपा एमालेले सोडारीलाई स्वीकार नगर्ने बताएपछि एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको थियो ।

सत्ता समीकरण बदलिने सक्ने अवस्था सिर्जना भएपछि नेकपा एमाले नेकपा एकीकृत समाजवादीको माग पूरा गर्न लचक बनेको हो । सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। प्रदेशमा मुख्यमन्त्रीका लागि २७ प्रदेश सभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ।