images

पाकिस्तानमा वर्षाका कारण ७१ जनाको मृत्यु, ६७ घाइते

काठमाडौं– पाकिस्तानका विभिन्न क्षेत्रमा भारी वर्षा र चट्याङका कारण गत शनिवारदेखि ७१ जनाको मृत्यु भएको छ भने अन्य ६७ जना घाइते भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका एक अधिकारीले भने कि उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र थियो जहाँ छत खस्ने र चट्याङका घटनाहरूसहित विभिन्न घटनाहरूमा ३२ जनाको ज्यान गएको थियो ।

अधिकारीका अनुसार खैबर पख्तुनख्वामा मृत्यु हुनेमा १५ बालबालिका र पाँच महिला छन् भने ४१ जना घाइते भएका छन् भने १ हजार ३७० घरमा क्षति पुगेको छ । अधिकारीले पूर्वी पन्जाब प्रान्तमा २३ जनाको ज्यान गएको र सात जना घाइते भएको, दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्यु र आठ जना घाइते भएको बताए ।

यस अवधिमा पाकिस्तान नियन्त्रित कश्मीरमा भारी वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् र ४७ घरहरू ध्वस्त भएका छन् । बुधवार एक सूचना जारी गर्दै अप्रिल १७ देखि अप्रिल २९ सम्म देशमा भारी वर्षा र हुरी बतास हुने सम्भावना रहेको जनाएको छ ।