images
images
images

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौं–केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमान्डरको मृत्यु भएको पुष्टि गरेको छ । उहाँले प्रमुख जनरल फ्रान्सिस ओमोन्डी ओगोलाको निधन भएको घोषणा गर्दा दुःख भएको बताए ।

एल्गेयो माराक्वेट काउन्टीको स्थानीय प्राथमिक विद्यालयबाट उडेको हेलिकप्टर दिउँसो २ः२० बजे तल खसेको थियो र आगलागी भएको थियो । राष्ट्रपतिले ओगोलाले बिहानै नैरोबी छोडेर समस्याग्रस्त क्षेत्रमा डाँकुहरूसँग लड्न र चलिरहेको विद्यालय नवीकरण कार्यको निरीक्षण गर्न खटिएका सेनाहरूलाई भेट्न गएका थिए ।

केन्या वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन उड्डयन अनुसन्धान टोली गठन गरी पठाएको छ । उनको निधनप्रति शुक्रवारदेखि तीन दिनसम्म शोक मनाउने घोषणा गरेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS