images

दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं–रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा समेत रहेका दीपेशलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 

शुक्रवार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा लगातार तीन दिनसम्म भएको बयान र थुनछेक बहसपछि अदालतले उक्त आदेश दिएको हो ।